१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023


एभर्टनद्धारा क्रिष्टल प्यालेस पराजित, म्यान्चेस्टर सिटी पहिलो स्थानमा


0
Shares

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा एभर्टनले क्रिष्टल प्यालेसलाई २–० ले हराएको छ ।

गएराती एभर्टनको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन कालभर्ट लेविन र सेन्क टोसुनले एक एक गोल गरे ।

जितसँगै एभर्टन प्रिमियर लिगको अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । ९ खेलबाट उसको १५ अंक भएको छ ।

समान खेलबाट २३ अंक जोडेका म्यान्चेस्टर सिटी र लिभरपूल क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

तेस्रो स्थानको चेल्सी र चौथो स्थानको टोटनह्याम हट्सपरको २१–२१ अंक छ ।

एक खेल कम खेलेको आर्सनल १८ अंकको साथ पाँचौ स्थानमा छ । आर्सनलले आजराती लेष्टर सिटीसँग खेल्नेछ ।