
पर्सा, कार्तिक ४ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भलुवाही खोलाका कारण हुने डुबानको समस्या समाधान गर्न प्रदेश सरकारले सङ्घीय सरकारलाई आग्रह गर्ने बताएका छन् ।
पर्साको जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिका बीचमा पर्ने भलुवाही खोलाको आज स्थलगत अनुगमनपछि मुख्यमन्त्री राउतले खोलाबाट उत्पन्न समस्या समाधान गर्न प्रदेश सरकारले तत्कालै पहल गर्ने प्रतिद्धता व्यक्त गरे ।
मुख्यमन्त्रीसँगै सो स्थानमा पुगेका प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलले खोलाले पारेको असर कम गर्ने उपाय खोज्न सिँचाइ विभागका प्रमुखलाई निर्देशन दिए ।
पर्साको सखुवा प्रसौनि गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका र जगरनाथ पुर गाउँपालिका भएर बग्ने भुलवाही खोलाका कारण वर्षायाममा एक दर्जन गाउँका एक हजारभन्दा बढी परिवार डुबानको समस्या खेप्ने गरेका छन् । प्रत्येक वर्ष खोलाले धार परिवर्तन गर्दा हजारौँ बिगाहा खेतीयोग्य जग्गा पुरिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्