Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


नाइजेरियामा साम्प्रदायिक हिंसा, ५५ जनाको मृत्यु


0
Shares

नाइजेरिया, कार्तिक ४ । नाइजेरियाको उत्तरी कादुना राज्यस्थित कासुवान मेगानी शहरमा भड्किएको साम्प्रदायिक हिंसामा कम्तीमा ५५ जनाको मृत्यु भएको छ ।

स्थानीय मुस्लिम र क्रिश्चियन युवाहरुबीच झडप भएपछि हिंसा भड्किएको बताइएको छ । घटनामा संलग्न २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शहरमा हिंसा भड्कन नदिन कर्फ्यू आदेश जारी गरिएको छ । नाइजेरियामा साम्प्रदायिक हिंसाका कारण धेरैजनाको मृत्यु हुने गरेको छ । (एजेन्सी)

 

Skip This