
काठमाडौं । दशैं आम नेपालीहरुले धुमधामका साथ मनाइरहँदा नेपाल विद्यार्थी संघका नेताको नवदुर्गाको भक्तिभाव अहिले विद्यार्थीहरुबीचमा चर्चामा छ ।
युवाहरुमाझ दशैं भन्ने वित्तिकै आफन्तजन भेटका अतिरिक्त रमाइलो गर्ने कुरासँग जोडेर हेरिन्छ।
अधिकांश युवाहरुले धार्मिक कार्यको जिम्मा परिवारका ठूलाबडा तथा अग्रज सदस्यहरुको भएको ठान्छन ।
तर नेविसंघका महामन्त्री कुन्दन काफ्ले भने यो मामलामा पृथक भेटिए ।
नवदुर्गाको आराधना गरिने दशैंको नवरात्रमा काफ्ले नौ दिनसम्म अनुष्ठानमा रहि देवी दुर्गाको आराधनामा रहे ।
नौं दिनसम्म अन्न समेत ग्रहण नगरि उनले देवी दुर्गाको अनुष्ठानमा आफूलाई समर्पित गरे ।
काफ्लेले काठमाडौंको बासवारीस्थित गायत्री परिवारको साधना केन्द्रमा नौ दिनसम्म धार्मिक विधीपूर्वक देवी दुर्गाको आराधना गरे । काफ्ले दैनिक गायत्री साधनामा व्यस्त रहेका थिए ।
मनलाई शुद्ध बनाउँदै समाजलाई नेतृत्व गर्न पनि भगवान भक्तीमा आफू समर्पित हुने गरेको काफ्ले बताउँछन ।
भगवत भक्ती, पूजापाठ, अनुष्ठान र आराधना धार्मिक क्षेत्रका व्यक्तिहरुको मात्र जिम्मेवारी हो भन्ने भ्रमलाई चिर्दै काफ्लेले गरेको भगवत भक्ती दशैंको बेलामा चर्चाको बिषय भएको छ ।
प्रतिक्रिया दिनुहोस्