१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


म्यान्चेस्टर सिटी र लिभरपुल विजयी, चेल्सी र म्यान्चेस्टर युनाइटेड बराबरीमा


0
Shares

काठमाडौं । इंङ्गलिस प्रिमियर लिग फुटबलमा गएराती म्यान्चेस्टर सिटी र लिभरपूल विजयी भएका छन् ।

लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्न्लेलाई ५–० ले पराजित गर्‍यो ।

आफ्नै मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गरउान सर्जीयो अगुएरो, बर्नार्डो सिल्भा, फर्नान्डीनो, रियाद माहारेज र लेरोए सानेले एक एक गोल गरे ।

गएराती भएको खेलपछि तालिकाको दोस्रो स्थानमा उक्लिएको लिभरपूलले हडर्सफिल्ड टाउनलाई १–० ले हरायो ।

लिभरपूललाई विजयी गराउन मोहोमद सालाहले २४ औं मिनेटमा गरेको गोल निर्णायक भयो । गएराती चेल्सी र म्यान्चेस्टर युनाईटेडले २–२ गोलको बराबरी खेले ।

चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीले एन्टोनियो रुडिगरको गोलमार्फत अग्रता लियो ।

तर म्यान्चेस्टर युनाईटेडका एन्टोनियो मार्टीयलले लगातार दुई गोल गर्दै पाहुना टोलीलाई अग्रता दिए ।

खेलको इन्जुरी समयको अन्तिम मिनेटमा रोस बार्क्लेको गोलमार्फत चेल्सीले खेल बराबरी गर्‍यो ।

प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाईटेडलाई १–० ले हराँउदा कार्डीफ सिटीले फुल्हमलाई ४–२ ले, वाट्फोर्डले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले तथा ब्राईटनले न्युकासल युनाईटेडलाई १–० ले हराए ।

बर्नमाउथ र साउथह्याम्पटनले भने गोलरहित बराबरीमा चित्त बुझाए ।

गएरातीका खेलहरुपछि लिग तालिकामा ९ खेलबाट २३–२३ अंक जोडेका म्यान्चेस्टर सिटी र लिभरपूल शिर्ष दुई स्थानमा रहेका छन् ।

२१ अंकका साथ चेल्सी तेस्रो स्थानमा रहँदा चौथो स्थानको टोटनह्यामको पनि २१ अंक नैं भएको छ ।