
काठमाडौं । बडादसैंको अबसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुभकामना आदानप्रदान तथा टीका ग्रहण कार्यक्रमको अयोजना गरेको छ ।
कार्यक्रममा सांसद तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले महान चाड विजयादशमीले असत्यमाथि सत्यको विजयका लागि प्रेरणा दिएको बताए ।
यसैगरी व्रह्माकुमारी राजयोगदिदीले बडादसैंले समग्र मानवलाई कल्याणको दिशामा अग्रसर गरोस् भन्ने कामना गरिन ।
कार्यक्रममा नवदुर्गाको विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्