
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बिहान ९ बजेर ५१ मिनेटको शुभसाइतमा हनुमानढोका दसैंघरका मूल पुजारीबाट विजयादशमीको टीका ग्रहण गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा दसैं घरका पूजारीले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका हुन ।
सो अवसरमा राष्ट्रपति भण्डारीलाई उनकी आमा मिथिला पाण्डे र काका जयन्त पाण्डेले पनि टीका लगाइदिए ।
राष्ट्रपति भण्डारीले छोरी उषाकिरण भण्डारी र निशा कुसुम भण्डारी तथा ज्वाँइ उमेश थापा र अभिषेक यादव लगायत आफ्ना परिवारका अरु सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिएकी थिइन ।
राष्ट्रपतिले सर्वसाधारणलाई दसैंको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्