१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते


0
Shares

धनुषा, कात्तिक १ । धनुषाको धनुषाधाम नगरपालिकामा बिहीबार बिहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय धनुषाधामले दिएको जानकारीअनुसार धनुषाधाम–४, लक्ष्मीपुरमा माटोको ढिस्कोमा परेर यसै नपाको वडा नम्बर–९, धारापानी बस्ने रामअवध यादवकी ८ वर्षीया छोरी सिर्जनाकुमारी यादवको मृत्यु भएको हो ।

तराई–मधेसमा तिहार र छठ नजिकिँदै गर्दा माटोले घर लिपपोत गर्ने प्रचलन रहेको र बालिका माटो खन्न गएका बेला माथिबाट ढिस्को खसेर पुरिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इप्रका धनुषाधाम इन्चार्ज प्रहरी निरीक्षक प्रकाश दाहालले माटो खन्न गएका अरु दुई बालिका मिका पण्डित र रञ्जिता पण्डित घाइते भएका बताए । रासस