
काठमाडौं, असोज ३१ । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अष्ट्रेलियाले कमजोर प्रदर्शन गरेको छ ।
तटस्थस्थल युएईको अबुधाबीमा जारी खेलको पहिलो इनिङ्समा अष्ट्रेलिया १४५ रनमै समेटिएको छ ।
आरोन फिन्चले सर्वाधिक ३९ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा मोहम्मद अब्बासले ३३ रन खर्चेर ५ तथा बिलाल आसिफले २३ रन खर्चेर ३ विकेट लिए ।
यसअघि, खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २८२ रन बनाएको थियो ।
पहिलो इनिङ्समा १३७ रनको अग्रता लिएको पाकिस्तानले दोस्रो इनिङ्समा दोस्रो दिनको समाप्तीसम्म संयमित ब्याटिङ गर्दै दुई विकेटको क्षतिमा १४४ रन बनाइसकेको छ ।
फखर जमान ६६ रन बनाएर आउट भएका छन् । अजर अली ५४ रनमा अविजित छन् । पाकिस्तानले २८१ रनको अग्रता लिइसकेको छ ।
यसअघि भएको पहिलो खेल बराबरीमा सकिएको थियो । सो खेल हारबाट जगाउन अष्ट्रेलियाले संघर्ष गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्