१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


मौलाकालिका शान्ति दौडमा पुन पहिलो


0
Shares

चितवन, असोज ३० । १९औं नारायणगढ लायन्स-लियो मौलाकालिका शान्ति दौड प्रतियोगितामा तीर्थ पुन पहिलो भएका छन् ।

मंगलबार बिहान भएको दौडमा पुनले निर्धारित् दूरी २३.४७ मिनेटमा पार गरे । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

नारायणगढको लायन्सचोकदेखि गैंडाकोटको मौलाकालिका मन्दिरसम्म भएको दौडमा २३.५२ मिनेटमा दूरी पार गर्दै पवनकुमार ओली दोस्रो भए । उनले १० हजार रुपैयाँ पाए ।

२५.०७ मिनेटमा दूरी पार गर्दै घगेन्द्रबहादुर भट्ट तेस्रो भए । उनले पाँच हजार रुपैयाँ हात पारे ।

दौडमा चौथोदेखि दशौं स्थान हासिल गर्ने प्रतियोगिहरुलाई नगद एक/एक हजार रुपैयाँ प्रदान गरिएको थियो ।

लायन्स क्लब अफ नारायणगढ र लियो क्लब अफ नारायणगढले २० वर्षअघिदेखि प्रत्येक वर्ष बडादसैंको फूलपातीका दिन यो प्रतियोगिता गर्दै आइरहेका छन् ।