रेनु श्रेष्ठ (इमेज)
गोरखा, असोज २९ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधानले अधिकार बाँडफाँटका लागि व्यवस्था गरेको वित्त आयोग गठन नगरिएकाले स्थानीय तहमा अराजकता बढेको बताएका छन् ।
सोमबार नयाँ शक्ति पार्टी गोरखाले सदरमुकाममा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले कमिसनको लोभमा सरकारले गेजुवालाई बूढीगन्डकी जलविद्युत् आयोजना सुम्पेको आरोप लगाए ।
ठूला र महत्वपूर्ण आयोजना सरकार आफैंले र साना आयोजना निजी क्षेत्रलाई दिए विकास व्यवस्थित हुने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्