
पाँचथर, असोज २९ । पाँचथरको कुम्मायाक गाउँपालिकाको केन्द्र यासोकमा दोस्रो आमन्त्रण कुम्मायक गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता आगामी कात्तिक ९ देखि १५ गतेसम्म सन्चालन हुनेछ ।
सोमबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो ।
प्रतियोगितामा पाँचथरका ८ ओटा टिम सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पाउने आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्