
काठमाडौं । युएफा नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा ईटाली विजयी भएको छ ।
नेसन्स लिग ए अन्तर्गत समूह ३ को खेलमा ईटालीले पोल्यान्डलाई १–० ले हरायो ।
खेलमा ईटालीलाई विजयी गराउन क्रिश्चियानो बिरागीले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरे ।
यस्तै नेसन्स लिग बी को खेलमा रुसले टर्कीलाई २–० ले हराउँदा नेसन्स लिग सी का खेलमा ईजरायलले अल्बानियालाई २–० ले तथा मोन्टेनेग्रोले लिथुआनियालाई ४–० ले हराए ।
यसैगरी, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्कटल्याण्डलाई ३–१ ले हराएको छ ।
गएराति स्कटल्याण्डमा भएको खेलमा क्रिश्चियानो रोनाल्डोबिनाको पोर्चगलले सहज जित निकाल्यो ।
खेलमा पोर्चुगललाई जित दिलाउन हेल्डर कोष्टा, इडर र ब्रुमाले एक एक गोल गरे । स्कटल्याण्डका स्टेभेन नैस्मिथले एक गोल फर्काए ।
प्रतिक्रिया दिनुहोस्