Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


रवि लामिछाने ‘ईजिलिंक रेमिटेन्स’को सद्भावनादूतमा नियुक्त


0
Shares

काठमाडौं, असोज २८ । ‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं’ भन्ने मूल नारा बनाइ विगत १९ बर्ष देखि जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको सेवा प्रदायक कम्पनी ईजिलिंक रेमिटेन्सले पत्रकार रवि लामिछानेलाई आफ्नो कम्पनीको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी कम्पनीले सद्भावनादूत नियुक्तिबारे औपचारिक जानकारी गराएको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कालीकोटको राजकोटमा अस्पताल बनाउनसमेत सहयोग गरिरहेको जनाएको छ ।

कम्पनीले उत्पादनशील क्षेत्रमा लगानी प्रोत्साहनमात्र नगरी रोजगार सम्बन्धी निःशुल्क रोजगारमूलक सेमिनारहरु पनि सञ्चालन गर्दै आएको जनाएको छ ।