२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


विश्वशान्तिको कामना गर्दै सप्ताह ज्ञान महायज्ञ सुरु


0
Shares

काठमाडौं, असार ९ । विश्वशान्तिको कामना गर्दै काठमाडौंको गोंगवुस्थित टाउन प्लानिङमा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ ।

कार्यविनायक गणेशमन्दिर व्यवस्थापन समिति र नेपाल गृहस्ताश्रम धर्म सेवा समितिको संयुक्त आयोजनामा श्रीमद् भागवत कथा वाचन शुरु गरिएको हो ।

भागवत कथाबाट संकलित रकम भागवत विद्यालय निर्माणका साथै समाजसेवामा समर्पित गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष खेम तिवारी, कार्यविनायक गणेशमन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेश्वरकुमार श्रेष्ठ, श्रीमत् भागवत किंकर श्री मुरलीधर पोखरेललगायतले मुलुकमा धार्मिक सहिष्णुता कायम गर्दै धर्म र संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिए ।

महायज्ञमा आचार्य श्रीरामचन्द्र पौडेल र तुलसीराम पोखरेलले कथा वाचन गर्नेछन् ।