२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘जीवन्त संस्कृतिहरु’ प्रकाशित


0
Shares

काठमाडौं, असोज २८ । पत्रकारद्वय रेखा शाक्य र शरण डंगोलले समाचार संकलनकै क्रममा खिचेका जात्रापर्वहरुको जानकारीसहितको फोटो संग्रह प्रकाशित गरेका छन् । 

‘जीवन्त संस्कृतिहरु’ नाम दिइएको उक्त संग्रहको पुस्तक परिचय कार्यक्रममा उक्त विषयमा जानकारी गराइएको हो । लेखकद्वय शाक्य र डंगोलले यो पुस्तक समाजमा विद्यमान पूर्खाका धरोहर, संस्कृति र परम्परा जगेर्नाको लागि आफूसँग भएको शीप र परिकल्पनाको स्वरुप रहेको बताए ।

प्रकाशकद्वय डा. हेरम्ब बहादुर राजभण्डारी र स्नेहलता राजभण्डारीले राजभण्डारीहरुको दुर्दाइ गुठीको वार्षिक कार्यक्रममा उक्त पुस्तक विमोचन गरेका थिए ।

‘जीवन्त संस्कृतिहरु’ पुस्तकमा जम्मा २५ जात्राको जानकारीको साथै विभिन्न सालमा खिचिएका रंगीन तस्वीरहरु संलग्न छन् । २४० पेज रहेको पुस्तकको मूल्य रु. एक हजार राखिएको छ ।