
नवलपरासी, असार ९ । पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् ।
गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सबै घाइतेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्