 
	    काठमाडौं, असोज २६ । सवारी–साधनको अत्यधिक चाप हुने काठमाडौंको महाराजगन्ज क्षेत्रमा नयाँ ट्राफिक लाइट जडान गरिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार एक कार्यक्रमकाबीच नयाँ ट्राफिक लाइट सुचारु गरे ।
महाराजगन्ज क्षेत्रमा सवारी–साधन र यात्रीहरुको बढी भीडभाड हुने स्थान त्रिवि शिक्षण अस्पताल क्षेत्रमा ट्राफिक लाइट जडान गरिएको हो ।
काठमाडौं वडा नम्बर–३ का अध्यक्ष दीपक कुइँकेलले २५ लाख रुपैयाँमा ट्राफिक लाइट जडान गरिएको बताए ।
उनले यात्रीको चाप हुने बसुन्धरा, सामाखुसी र पुष्पलाल चोकमासमेत ट्राफिक लाइट जडान गरिने बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्