
काठमाडौं, असार ९ । ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा प्रहरीले ४ अभियुक्तविरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ ।
मोरङ जिल्ला अदालतमा विचाराधिन मुद्दाका ४ प्रतिवादीलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ( इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरेको हो ।
प्रहरीले दुबईमा होटल व्यवसाय गरिरहेका रामशरण खड्का, गोरे भनिने चुडामणि उप्रेतीका दुबई बस्दै आएका भाई रमेश उप्रेती, सुन तस्करीमा मुख्य लगानीकर्तामध्येका मोहनकुमार अग्रवाल र बेनु श्रेष्ठविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्