२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


चीनबाट इन्धन ल्याउने विषयमा ओली मौन


0
Shares

काठमाडौं, असार ९ । नाकाबन्दीको बेला पेट्रोलियम आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन ल्याउन पहल गर्ने विषयमा पछि हटेका छन् ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) को विकल्पमा करिब ३३ प्रतिशत इन्धन चीनलगायत अन्य मुलुकबाट ल्याउन सक्ने निर्णय गरेका ओली यतिबेला भने त्यसबारे मौन छन् ।

इन्धन आयातमा भारतको विकल्प खोज्ने बताउँदै आएका ओलीको यसपटकको चीन भ्रमणमा यो अजेन्डा नै राखिएन । दुई वर्ष अघि पनि प्रधानमन्त्रीका रुपमा ओलीले चीन भ्रमण गरेका थिए ।

त्यसबेला दुई देशले जारी गरेको १५ बुँदे संयुक्त वक्तव्यमा नेपालमा इन्धन भण्डारणस्थल बनाउने उल्लेख थियो । यस पटकको भ्रमणमा पनि इन्धन भण्डारण र पेट्रोलियम अन्वेषणकै विषय दोहोरिएका छन् ।

चीनसँग इन्धन आयात सम्झौता गर्दा भारत चिढिने भएपछि यो भ्रमणमा यस विषयलाई अजेन्डा नबनाइएको जानकार बताउँछन् । –नागरिक दैनिकबाट