विवेक भण्डारी/ईमेज:
नवलपुर । स्थानीय तहमा नयाँ सरकार गठन भएपछि नवलपुरका अधिकांश स्थानीय तहमा चहलपहल बढेको छ ।
करिब १ वर्षअघिसम्म सुनसान जस्तै लाग्ने गाउँमा एकाएक चहलपहल बढेपछि स्थानीयवासी उत्साहित भएका छन् ।
हुन त स्थानीय तहमा जनअपेक्षा अनुसार काम हुन नसकेका टिप्पणीहरु आइरहेका छन् ।
यही असन्तुष्टिबीच नवलपुरका अधिकांश गाउँपालिकामा स्थानीय सरकार आएपछि नयाँ चहलपहल र रौनक पनि देखिन थालेको छ ।
एकवर्षअघि सुनसान जस्तै लाग्ने गाउँमा चहलपहल बढेसँगै मानिसहरु गाउँतिर फर्किने क्रम चलिरहेको छ ।
एकातिर सानातिना कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता त हटेकै छ अर्कोतिर गाउँमा बैंकिङ कारोबार र किनमेल गर्ने बजारको समेत पहुँच हुन थालेको छ ।
नवलपुरको बुलिङटार, हुप्सेकोट, बौदिकाली गाउँपालिकामा कतै नयाँ सडक खुल्ने त कतै पक्की बनाउने क्रम जारी छ ।
अहिले गाउँमै बैकिङ सुविधा, किनमेल गर्ने बजार तथा अन्य सेवा आउँदा आफू दंग परेको र निकै यसले सुविधा भएको हुप्सेकोटका स्थानीय भोजवीर बागबल बताउँछन् ।
नवलपुरको चार गाउँपालिका र ४ नगरपालिकामध्ये नगरपालिकामा त पहिलेदेखि नै चहलपहल थियो तर अहिले विषयगत कार्यालय स्थानीय तहमा सरेपछि गाउँमै पनि ठूलो बजार बन्न थालेको छ ।
गाउँमै विभिन्न सरकारी कार्यालय आएपछि व्यावसायिक मात्र नभई सरकारी कामको लागि पनि सहज भएको अर्का स्थानीय तेजुङबहादुर मल्लको भनाइ छ ।
स्थानीय सरकारले अझै गम्भीरतापूर्वक काम भने धेरै बाँकी नै छ ।
सरकारबाट विकास र समृद्धिको अपेक्षा गरिरहेका जनताको जीवनस्तर परिवर्तन हुने गरी सेवा प्रवाह गरे मात्र स्थानीय सरकारको सार्थकता रहनेछ ।
प्रतिक्रिया दिनुहोस्