काठमाडौं, असोज २१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेपाल विद्यार्थी संघको विधान, समसामयिक राजनीतिक घटनाक्रम, सरकारका काम कारवाही र आगामी मंसिरमा हुने महासमिति बैठकमा प्रस्तुत हुने पार्टीको विधान मस्यौदाका विषयमा छलफल भईरहेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले भ्रातृसंगठनको विधान, सरकारको कामकारवाही, निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण, निजगढ विमानस्थल निर्माणमा देखिएको विवाद र वाइड बडी विमान खरिदमा भएको अनियमितताका विषयमा छलफल भईरहेको जानकारी दिए ।
बैठकमा पार्टीले गठन गरेको नेविसंघ निर्देशक समितिका संयोजक प्रकाशशरण महतले भ्रातृसंगठन नेपाल विद्यार्थी संघको विधान प्रस्तुत गरेका थिए ।
संयोजक महतले नेविसंघमा ३२ बर्षको उमेर हद कायम हुनेगरी प्रस्ताव गरेका छन् । बैठकले उक्त प्रस्ताव अनुमोदन गरे नेविसंघमा अब ३२ वर्षभन्दा मूनिका मात्रै सदस्य रहन पाउने छन् ।









प्रतिक्रिया दिनुहोस्