२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


दशैंका लागि मूर्ति बनाउन भ्याइनभ्याइ


0
Shares

सर्लाही । चाडपर्व सुरु भएसँगै सर्लाहीका मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ ।

दसैं सुरु हुनुभन्दा पहिलादेखिनै पूजाअर्चना गर्नुपर्ने भएकाले विगतको जस्तै यस वर्ष पनि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याइ भएकोे हो ।

घटस्थापना आउन केही दिनमात्र बाँकी हुँदा सर्लाहीसहित तराईका जिल्लामा यति खेर विभिन्न टोल तथा गाँउपिच्छे पूजा समिति गठन गरी काम भइरहेको देख्न सकिन्छ ।

नौरथाभरी देवीको पूजा हुने भएकाले घटस्थापना सुरु हुनुअघि नै मुर्ति बनाइसक्नु पर्ने मूर्तिकार राममिलन पण्डित बताउँछन् ।

मूर्ति बनाएरै जिविकोपार्जन गर्न सकिने पंण्डितको भनाइ छ । सर्लाहीमा १ सयभन्दा बढी स्थानमा दशैंका अवसरमा मेला लाग्ने गरेको छ ।