२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


कक्षा–११ को नतिजा सार्वजनिक


0
Shares

भक्तपुर, असोज २० । राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा–११ को परीक्षाफल सार्वजनिक गरेको छ ।

परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८९१, अक्षरांकन पद्धतिमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार ५०५ विद्यार्थी गरी कुल पाँच लाख ४८ हजार ४४५ जना परीक्षार्थी सहभागी थिए ।

परीक्षामा ग्रेड ‘ए प्लस’ अर्थात् जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार १४५ विद्यार्थी छन् ।

ग्रेड ‘ए’ अर्थात् जीपीए ३ देखि ३.६० ल्याउने ८ हजार ९४९, ग्रेड ‘बी प्लस’ अर्थात् जीपीए २.८१ देखि जीपीए ३.२० ल्याउने २४ हजार ११५ विद्यार्थी, ग्रेड ‘बी’अर्थात् जीपीए २.४१ देखि २.८० ल्याउने ४८ हजार ७३१ रहेका छन् ।

त्यसैगरी, ग्रेड ‘सी’ अर्थात् जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार ७७०, ग्रेड ‘सी’ अर्थात् जीपीए १.६१ देखि २ ल्याउने ९२ हजार, ग्रेड ‘डी प्लस’ अर्थात् जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार ४०६, ग्रेड ‘डी’ अर्थात् जीपीए ०.८१ देखि १.२० ल्याउने ८ हजार १२७ र ग्रेड ‘ई’ अर्थात् जीपीए ० देखि ०.८० ल्याउने २० हजार ६८५ विद्यार्थी रहेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अक्षरांकन पद्धतिको आंशिकतर्फका परीक्षार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् ।

बोर्डले नियमिततर्फ १०० विद्यार्थी, अक्षरांकन पद्धतितर्फ २७ आंशिकतर्फको परीक्षा रद्द गरेको र अंक प्रणालीतर्फ चारजना गरी कुल १३१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको जनाएको छ ।

गत जेठ ९ गते सम्पन्न भएको परीक्षाको विगतका वर्षभन्दा तीन महिनाअगाडि नै नतिजा सार्वजनिक गरिएको हो । रासस