काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको सरकारले मुलुकमा त्रासको वातावरण सिर्जना बनाउँदै लगेको आरोप लगाएका छन् ।
काठमाडौंमा आज गरिएको कार्यक्रममा कांग्रेस सभापति देउवाले सरकारको कार्यशैलीकै कारण आन्दोलनमा उत्रन आफूहरु बाध्य भएको बताए ।
उनले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गर्दै गएकाले आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।
सभापति देउवाले नेपाली कांग्रेस एक भएर अघि बढ्नुपर्ने र आगामी निर्वाचनमा पहिलो पार्टी हुने गरी काममा खटिन कार्यकर्तालाई निर्देशनसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्