सुरेन्द्रबहादुर नेपाली (रासस)
न्यूयोर्क, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको महासभाको ७३औं अधिवेशनमा भाग लिइ बुधबार न्यूयोर्कबाट काठमाडौंतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्रीको प्रतिनिधिमन्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेको थियो ।
प्रधानमन्त्री ओलीले न्यूयोर्कमा राष्ट्रसंघको महासभाको ७३औं अधिवेशनलाई सम्बोधन गरेका थिए भने सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
उनले सान होजेमै शान्ति विश्वविद्यालयबाट प्रदान गरिएको मानार्थ विद्यावारिधिको उपाधि पनि ग्रहण गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्