२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024


विद्यालय क्षेत्र सुधार कार्यक्रमको ‘लक्ष्य पूरा गर्न २२ अर्ब अपुग’


0
Shares

काठमाडौं, असोज १७ । शिक्षा मन्त्रालयले सन् २०२२ सम्ममा विद्यालय क्षेत्र सुधार कार्यक्रमको लक्ष्य पूरा गर्न २२ अर्ब रुपैयाँ रकम अपुग हुने जनाएको छ ।

२५औं विश्व शिक्षक दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्रालयले सन् २०२२ सम्ममा ५ वर्षका बालबालिका कक्षा–१ मा भर्ना हुनेगरी कार्यक्रम बनाइएको जनाएको हो ।

कार्यक्रममा शिक्षा मन्त्रालयमा प्रवक्ता वैकुण्ठ अर्यालले शिक्षा क्षेत्रमा नेपालले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने कार्यक्रम ल्याएको बताए ।

कार्यक्रममा शिक्षाविद् डा. मनप्रसाद वाग्लेले सार्वजनिक शिक्षामा ५ वर्षमा ४ लाख विद्यार्थी घटेको भन्दै असन्तुलित नतिजा, खस्कँदो सिकाइदरका कारण सार्वजनिक शिक्षा खस्किएको बताए ।

यस्तै, कार्यक्रममा शिक्षक महासंघका पूर्वअध्यक्ष केशवप्रसाद भटट्राईले विद्यार्थीको सिकाइ उपलब्धि नै शिक्षकको हातमा हुने हुँदा विद्यार्थीलाई सिक्न तयार पार्ने र सिकाउने गर्नुपर्ने सुझाव दिए ।