Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


प्रजातान्त्रिक समूहद्वारा सामुदायिक वन उपभोक्ता महासंघको महाधिवेशन बहिस्कार


0
Shares

काठमाडौं, असोज १७ । प्रजातान्त्रिक समूहले सामुदायिक वन उपभोक्ता महासंघको महाधिवेशन बहिस्कार गरेको छ ।

काठमाडौंमा भइरहेको छैटौं राष्ट्रिय महाधिवेशनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आवद्ध व्यक्तिहरुले महासंघलाई भ्रातृसंगठनकारुपमा अघि बढाउन खोजेको भन्दै नेपाली कांग्रेस आवद्ध वन उपभोक्ताहरुले महाधिवेशन बहिस्कार गरेका हुन ।

सो समूहले बुधबार राजधानीमा अलग्गै पत्रकार सम्मेलन गर्दै सहमतिविपरीत एकपक्षीयरुपमा नेतृत्व चयन गर्न मतदान प्रक्रिया अघि बढाएकाले निर्वाचन प्रक्रियासमेत बहिस्कार गरेको जनाएको हो ।

महासंघको केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहका सबै निकाय तत्काल बहिस्कार गर्ने जनाउँदै उनीहरुले राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न सबैलाई आग्रहसमेत गरेका छन् ।