Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


संविधान संशोधन, चौधरीको शपथ र आन्दोलनकारीको मुद्दा फिर्ता गर्न माग


0
Shares

सप्तरी, असोज १७ । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले दुईतिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्नसक्ने बताएका छन् ।

सिरहाबाट राजविराज आइपुगेका महतोले बुधबार राजविराजमा पत्रकारसँग भेटघाट गर्दै मधेस आन्दोलनको भावना समेटेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

उनले आगामी सोमबार प्रत्येक जिल्ला प्रशासन कार्यालय र सीधै प्रधानमन्त्री कार्यालयमा सरकारलाई यस सम्बन्धमा ज्ञापनपत्र दिइने जानकारी दिए ।

उनले संविधान संशोधन, सांसद निर्वाचित रेशम चौधरीको शपथ, ‘झुटा मुद्दा लगाएर जेलमा राखिएका’ आन्दोलनकारीको मुद्दा फिर्तालगायत विषयमा सरकार जिम्मेवार हुनुपर्ने तथा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारी, कालोबजारी र महँगी नियन्त्रणमा लाग्नुपर्ने बताए ।

‘प्रदेश नम्बर–२ सरकारको गतिविधि सन्तोषजनक नभएपनि’ आन्दोलन र जनताको भावनाको सम्मान गर्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउँदै महतोले कमजोरी हटाइ संघीय समाजवादी फोरम नेपाल र राजपाको गठबन्धन बलियो बनाउन लागिएको जानकारी पनि दिए । रासस