Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


निर्मलाको हत्या घटनामा सरकार गम्भीर छैन : रवीन्द्र मिश्र


0
Shares

कन्चनपुर, असोज १७ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा सरकार गम्भीर नरहेको आरोप लगाएका छन् ।

महेन्द्रनगरमा पार्टी कार्यकर्ता भेलामा सहभागी हुन आएका मिश्रले बुधबार निर्मलाका परिवारजनसँग भेट गर्दै निर्मलालाई न्याय दिलाउन सिंगो देश नै लाग्नुपर्ने बताए ।

मिश्रलाई घटनाकाबारेमा जानकारी दिँदै निर्मलाका बाबु यज्ञराज पन्तले आफूहरुले छोरीका लागि न्यायबाहेक अरु केही नमागेको उल्लेख गरे ।