Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


प्रधानमन्त्री ओली कोस्टारिकाबाट न्यूयोर्क आइपुगे, भोली स्वेदश फर्किने


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क आइपुगेका छन् ।

प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाको भ्रमणमा गएका थिए ।

उनका साथमा धर्मपत्नी राधिका शाक्य पनि थिइन । प्रधामन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति क्वेसाडासँग दुई पक्षीय भेटवार्ता गरेका थिए ।

उनले सान होजेमै शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधि स्वीकार गरेका थिए ।

प्रधानमन्त्री ओली भोलि कतार हुँदै स्वदेश फर्किने कार्यक्रम छ ।