
काठमाडौं, असार ८ । संयुक्त अरब इमिरेट्स (यूएई)ले स्थानीय आवासीय कानुन उल्लंघन गरी अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई तीन महिने आममाफी दिएको छ ।
यो आममाफी अगस्ट १ देखि लागू हुनेछ ।
विदेशी कामदार मामिला तथा बन्दरगाह विभागका कार्यवाहक महानिर्देशक सयिद रकान अल रस्हेन्दीका अनुसार अवैधानिक ढंगले बसोबास गरी काम गर्दै आएका कामदारलाई अगस्ट १ देखि विना सजाय स्वदेश फर्कन वा सामान्य शुल्क तिरेर कानुनी हैसियत बनाएर बस्न छुट दिइएको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्