Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


तराईका जिल्लाहरुमा जितिया पर्व धूमधामका मनाईंदै


0
Shares

काठमाडौं । मिथिलाञ्चललगायत तराईका जिल्लामा आज धूमधामका साथ जितिया पर्व मनाइँदै छन् ।

विशेषगरी मध्य तराईका महिलाले विशेष रुपमा यो पर्व मनाउने गर्दछन् । यो पर्व हिजैदेखि सुरु भएको हो ।

आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै यो पर्व मनाउन चलने छ ।

असोज कष्णपक्षको सप्तमीदेखि नवमीसम्म यो पर्व मनाइन्छ । सप्तमीको दिन नहाय खाएर यो पर्व सुरु हुन्छ ।

पहिलो दिन नहाय खाने ब्रतालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेका छन् ।

यस पर्वमा नहाय खाएको दिन अनिवार्य रुपमा ब्रतालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ ।

पर्वको दोस्रो दिन अर्थात आज ब्रतालु महिला २४ घण्टा लामो निराहार उपवास बस्ने गर्दछन् ।

उपवासका दिन महिलाले गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन  छ ।

पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन ब्रतालु महिला पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अघ्र्य दिएर पर्वको समापन गर्ने गरिन्छ ।