
काठमाडौं, असार ७ । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखि मिसकल बैकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
यस सेवा अन्र्तगत आफुलाई आवश्यक परेको बैंकिङ्ग सुविधाहरु लिनको लागि बैंकले तोकेका नम्वरहरुमा मिसकल गरी प्राप्त गर्न सक्ने जनाइएको छ ।
मिसकल गरी आफ्नो खातामा रहेको मौज्दात को जानकारी, मोवाईलमा रिचार्ज सुविधा, कारोवारको जानकारी लगायतका सुविधा लिनसक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्