Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार


91
Shares

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका ६ जनालाई हवाई माध्यमबाट उद्धार गरिएको छ ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको बताउनुभएको हो।

प्रधानमन्त्री शाहले लेख्नुभएको छ, ‘बूढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ । काठमाडौँमा रहेको कम्पोजाइट क्विक रियाक्सन टिम समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।’

बूढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको उहाँले बताउनुभयो ।