विराटनगर । प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट सार्ने तयारी भईरहेको भन्दै मोरङ जिल्लाका संघीय र प्रदेश सांसदहरुले खबरदारी गरेका छन ।
प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले अस्थायी राजधानी विराटनगरबाट सार्नका लागि भित्रीरुपमा तयारी गरेको सूचना प्राप्त भएपछि संघीय र प्रदेश सांसदहरुले खवरदारी गरेका हुन ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको अगुवाइमा आज आयोजनामा गरिएको छलफलमा स्थायी राजधानीका लागि आवश्यक पूर्वधारसमेत प्रयाप्त रहेको विराटनगरलाई स्थायी राजधानी बनाउन उनीहरुले प्रदेश सरकारकालाई खबरदारी गरेका छन ।
कार्यक्रममा पूर्वआपूर्तिमन्त्री एव संघीय सांसद शिवकुमार मण्डलले सुरक्षालाई बहाना बनाएर प्रदेश राजधानी अन्यत्र सार्ने कुरा मान्य नहुने बताए ।
संघीय सांसद अमनलाल मोदीले राजधानी तोक्ने बेलामा फेरी चलखेल हुनु सकारात्कम नभएको बताए ।
नेपाली कांग्रेसका केन्दीय सदस्य डा शेखर कोइरालाले आर्थिक, व्यपारिक ,सामाजिक र साँस्कृतिक पृष्टभूमी बोकेको विराटनगर राजधानीका लागि उपयुक्त भएकैले काँग्रेस सरकारले विराटनगरलाई राजधानी घोषण गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्