काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यअनुसार सुन प्रतितोला ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले महँगिएको हो।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ कायम थियो।
यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ पुगेको छ भने मंगलबार यसको मूल्य ४ हजार ४१५ रुपैयाँ थियो।
यससँगै एकैदिन सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ।









प्रतिक्रिया दिनुहोस्