काठमाडौं । जापानमा आएको चामी नामको शक्तिशाली तुफानका कारण ८४ जना घाइते भएका छन् ।
प्रतिघण्टा २ सय १६ किलोमिटरको रफ्तारमा आएको तुफानले जापानको ओशाका शहरको जनजीवन अस्तब्यस्त बनाएको छ ।
ठाउँठाउँमा रुख ढलेका छन् भने सयौं सवारीसाधनमा क्षती पुगेको अधिकारीहरुले जनाएका छन् ।
बिजुली आपूर्ति बन्द भएका कारण ७ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।
तुफानका कारण यातायात र हवाई सेवा समेत अबरुद्ध बनेको छ । जापानमा २५ वर्षपछि आएको यो सबैभन्दा शक्तिशाली तुफान भएको मौसमविद्हरुले जनाएका छन् ।
तुफान प्रभावितलाई सुरक्षित स्थानतर्फ सारिएको छ । तुफनका बेला घरबाट बाहिर ननिस्कन अपील गरिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्