३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


१४ वर्षपछि हेमकार परिवारको हत्या प्रकरणका मुख्य योजनाकार पक्राउ


0
Shares

काठमाडौं, असोज १५ । १४ वर्ष अघि नेपालगन्ज सदरलाइनमा सुन व्यवसायी दीपक हेमकारसहित परिवारका पाँच सदस्यको हत्यामा मुख्य योजनाकार रहेका आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बाँके प्रहरीले पक्राउ गरिएका व्यक्ति हत्याका मुख्य योजनाकार भएको दाबी गरेको छ । दीपकका ससुरा किशोरीलाल सोनीलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।

सोनीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको जनाइएको छ ।

राति सुतिरहेका बेला नेपालगन्ज सदरलाइन (हाल वडा नम्बर ११) का ८२ वर्षीया गुलाबदेवी हेमकार, ६२ वर्षीय जगदेव हेमकार, ४५ वर्षीया सीतादेवी हेमकार, ३२ वर्षीय दीपक हेमकार र हेमकार परिवारमा काम गर्ने बाँके, कुसुमका १५ वर्षीय रामशनिश्चर चौधरीको किशोरीलालले हत्या गरेको दाबी प्रहरीको छ ।

बाँकेका एसपी अरुण पौडेलले आर्थिक कारणले छोरीको परिवारलाई किशोरीलालले हत्या गरेको बताए । –नागरिक दैनिकबाट