काठमाडौं, असोज १४ । केन्द्रीय अनुगमन समितिका सदस्य यमलाल भुसालले चाडपर्वलाई लक्षित गरि वस्तुको गुणस्तरबारे नियमित अनुगमन गरिने र अनियमितता गरेको भेटिए कारबाही गर्ने बताएका छन् ।
आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबै निकायहरुलाई उपभोक्ताको स्वास्थमा ध्यान दिन पनि आग्रह गरे ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उपत्यकामा चाडपर्वलाई लक्षित गरेर नीजि पसलहरुले म्याद गुज्रिएको सामान बिक्री गर्न सक्ने हुनाले त्यसप्रति सचेत हुन ध्यानाकर्षण गराए । उपभोक्ताहरु पनि गुणस्तरीयताबारे सचेत एवं जागरुक हुनुपर्ने उनको भनाइ थियो ।
खाद्य वस्तुको गुणस्तरमा समस्या आए सम्बन्धित निकायलाई खबर गर्न समेत उनले आग्रह गरे ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले चाडपर्वका बेला सरकारले अनुगमन बढाएर मूल्य बृद्धि नियन्त्रण गर्नुपर्नेमा आफैंले भाउ बढाएको भन्दै चर्को आलोचना गरे ।
प्रतिक्रिया दिनुहोस्