३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


न्यूजिल्यान्डकी प्रधानमन्त्रीले छोरी जन्माइन


0
Shares

काठमाडौं, असार ७ । न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेर्नले छोरी जन्माइन ।

विश्व इतिहास मै प्रधानमन्त्री पदमा हुंदा बच्चा जन्माउने उहां दोस्रो विश्व नेता बन्नु भएको छ । यस अघि सन् १९८० मा तत्कालीन पाकिस्तानी बेनेजीर भुट्टोले पदमा रहंदा छोरी जन्माएकी छिन् ।

बिहीबार बिहान अस्पताल भर्ना भएकी आर्डेनले ३.३१ केजी तौलकी शिशु जन्म दिनु भएको हो ।

३७ वर्षीया आर्डेनले ६ हप्ता सुत्केरी बिदा लिए पछि उपप्रधानमन्त्री विन्स्टन पिटर्सले कार्यवाहम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

आर्डेर्न सन् १८५६ पछि यूजिल्याण्डमा सबैभन्दा कम उमेरको प्रधानमन्त्री छन् । (एजेन्सी)