४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


ईमेज च्यानलबाट ‘किंग अफ डिजे २०१८’ रियालिटी शो प्रत्यक्ष प्रशारण हुने


0
Shares

काठमाडौं, असोज १४ । ‘किंग अफ डिजे २०१८’ रियालिटी शो ईमेज च्यानलबाट प्रत्यक्ष प्रशारण गरिने भएको छ ।

एक्स एण्ड एस ईन्टरटेन्मेन्ट प्रालिले गर्न लागेको उक्त रियालिटी शो डिजे हन्टमा केन्द्रीत हुनेछ । किंग अफ डिजे शो २०१८ को पहिलो अडिसन असोज १५ गते काठमाडौंबाट शुरु गरिने भएको छ ।

कम्पनीका सिईओ डिजे ह्यास र उनको जुरी टिमका सदस्यरु डिजे प्रज्वल, डिजे विक्यास र डिजे साकारले काठमाडौं, पोखरा, बुटवल, चितवन र धरानमा हुने अडिसनबाट ४० जना प्रतिश्पर्धी छनौट गर्ने जनाइएको छ ।

प्रतिश्पर्धाको जजमा डिजे राजु र डिजे एलेक्स तथा भारतका चर्चित डिजे हर्ष भुटानी रहने छन् ।

शो कार्यक्रमका प्रोजेक्ट हेड प्रवेश गौतम रहेका छन् भने निर्देशन पुरन बास्तोलाले गर्ने छन् ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रवन्ध निर्देशक सन्तोष मुडवरीले डिजेहरुको प्रोत्साहनका लागि किंग अफ डिजे २०१८ रियालिटी शो गर्न लागेको बताए ।