२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


प्रदेश १ : प्रदेशको नाम र स्थायी राजधानी तोक्न ध्यानाकर्षण


0
Shares

विराटनगर, असोज १४ । प्रदेश नम्बर १ को प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेशको नाम र स्थायी राजधानी तोक्न ढिलाई गरेको भन्दै प्रदेश सरकारको आलोचना गरेका छन् ।

प्रदेश सभाको आजको बैठकमा प्रतिपक्षी दलका मुख्य सचेतक केदार कार्कीले प्रदेशको नाम र स्थायी राजधानीका बिषयमा सरकार उदासिन बनेको आरोप लगाए ।

कांग्रेस सचेतक सूर्यमाराज राईले स्थायी राजधानी र नाम छिट्टै तोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।