काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ।
बिहीबार प्रतितोला ७ हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार तोलामा २ हजार पाँच सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला ४ हजार ७ सय २५ रूपैयाँमा कारोबार भएको थियाे। चाँदी शुक्रबार तोलामा ४ हजार ७ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य बिहीबारको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमाशुक्रबार सुन प्रतिऔंस ४ हजार ४ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्