Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


नेपाली बजारमा सुनचाँदीकाे मूल्य ह्वात्तै बढ्याे


1k
Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको ह्वात्तै बढेको छ।

बुधबार प्रतितोला ८ हजार ८ सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार तोलामा सात हजार ६ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबार प्रतितोला ४ हजार ५ सय ८० रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी बिहीबार तोलामा ४ हजार ७ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला १ सय ४५ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ४ हजार ४सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।