Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


रसुवा बाढी-पीडितका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने शिवम् सिमेन्टकाे निर्णय

२१ लाख रूपैयाँ सहयोग गर्ने शिवम् होल्डिङ्सकाे घोषणा

260
Shares

काठमाडाैं। शिवम् सिमेन्टले रसुवा बाढीले प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने घोषणा गरेको छ।

शिवम् सिमेन्टले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका लागि १ सय १० घरधुरी परिवारलाई प्रति परिवार १ सय बोराका दरले जम्मा ११ हजार बोरा शिवम् ओ.पि.सि सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हाे। त्यस्तै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

उक्त रकम बाढी प्रभावित नागरिकहरूको राहत, उद्धार तथा विपद्पछिको पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको हाे। शिवम् सिमेन्टले विपद्को यस कठिन घडीमा सरकार र स्थानीय निकाय तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै प्रभावित नागरिकहरूको जीवन पुर्नस्थापना कार्यमा साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता गरेको छ ।

Skip This