काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ।
आइतबार प्रतितोला ९ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य साेमबार तोलामा २ हजार चार सय रूपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य स्थिर रहेकाे छ। चाँदी आइतबार प्रतितोला ४ हजार ७ सय ८० रूपैयाँमा कारोबार भएको थियाे। चाँदी साेमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार चार सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्