Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


विपद्को घडीमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा रु १ करोड सहयोगको घोषणा


0
Shares

काठमाडौं । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढी तथा देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनः स्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढी–पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो समवेदना व्यक्त गरेको छ । विपद्का क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कम्पनीले दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ ।

साथै, विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा निरन्तर खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सरकारी एवं गैरसरकारी निकायको योगदानप्रति एक्स्ट्रिम इनर्जी ड्रिंक्सले उच्च सम्मान व्यक्त गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्वलाई आफ्नो महत्त्वपूर्ण प्राथमिकताका रूपमा आत्मसात् गर्दै आएको जनाएको छ । राष्ट्रलाई आवश्यक परेको हरेक कठिन तथा सङ्कटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिँदै आएको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Skip This