७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


बैतडीमा आरडीटी पोजेटिभ देखिएका २५ जनाकै पिसीआर पोजेटिभ


0
Shares

बैतडी । बैतडीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा दशरथचन्द नगरपालिकाका १० जना, सिगास गाउँपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ४ जना, सूर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जना छन् ।

भारतबाट फर्केर क्वारेन्टाइनमा बस्ने आरडीटी रिपोर्ट पोजेटिभ देखिएकाहरुको पिसीआर रिपोर्ट पनि पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

नयाँ संक्रमितहरु क्वारेन्टाइनमै रहेको र स्वास्थ्य अवस्था हेरेर आइसोलेसन तथा होम आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।