७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


अछाममा एकै वडाका २३ सहित एकै दिन २९ जनामा कोरोना संक्रमण


0
Shares

अछाम । अछाममा दुई वर्षीया बालिकासहित एकै दिन २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेल्लेख गाउँपालिका ४ कुष्कोटमा एकै वडामा २३ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले दिएको जानकारी अनुसार मेल्लेख गाउँँपालिकाका २७, ३६, ३०, ३१, २१, २१, २५, १५, २०, २५, १२, २४, २७, २३ र ३२ वर्षीया पुरुषहरु संक्रमित छन् ।

त्यस्तै मेल्लेखकै ४५, २५, २६, २४, २४, २८, २३ वर्षीया महिला र २ वर्षीया बालिका पनि संक्रमित छन् ।

यस्तै साँफेबगर नगरपालिका ११ देवीस्थानका २६ र २९ वर्षीया पुरुष र २३ वर्षीया महिलासहित तीन जना, वडा नं.१२ खप्तडका २१ वर्षीया पुरुष र २६ वर्षीया महिला गरि दुई जना र वडा नं. ५ नवाठानाका एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

योसँगै अछाममा कोरोना संक्रिमितको संख्या ५१ पुगेको छ। जसमध्ये ७ जना निको भएर फर्किसकेका छन् ।